मौद्रिक नीतिको विषयमा आन्तरिक छलफल गर्दै राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । आइतबार एक कुराकानीमा कुरा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव मार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरूसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताएका हुन् ।
पूर्वगर्भनरसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको उनले बताए । उनले भने, ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरूसँग सुझाव संकलन गर्ने काम बाँकी छ । सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’
सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_tfUOAEDA6s_x0yfyqy3tkrogpkrlzp4ssyesuiv98cgzjqxrgw0ml2rgbdxq88qjphzfixl.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया