मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

राजविराज (सप्तरी) : हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नपा–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । त्यस्तै को१०प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते हुनुभएको छ । उहाँ उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
---

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

प्रतिक्रिया