आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

६१ किलो सुन तस्करी प्रकरणमा जोडिएकी अमला रोकाको थुनछेक बहस आज हुने भएको छ । आज उनलाई सरकारी वकिलसमक्ष पेश गरिएको छ । सरकारी वकिलसँगको बयान पछि उनलाई आजै अदालत पेश गरिने तयारी रहेको बताइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको थियो । रोकाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । अमला उक्त सुन तस्करीमा मुछिएको बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती हुन् ।

गत २०८० साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट ६१ किलो सुन बरामद गरेको थियो । अमलाको राजनीतिक निकटता नेकपा (माओवादी केन्द्र) सँग रहेको बताइन्छ । ठमेलमा रहेको होटेल भियना अमलाको नाममा रहेको छ ।