आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ । 

यसैबीच आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।