सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

राँझा- बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ ।
राप्ती सोनारी गाउँपालिका–९ मा निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने महादेवा, बुच्चापुर, खैरहनी, गुरुवागाउँलगायतका टोलबस्तीमा तारजाली र बाख्राको सुरक्षित खोर निर्माण भइरहेको वडाध्यक्ष सोहनलाल थारूले बताए ।
उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज, वन तथा वातावरणको क्षेत्रमा कार्यरत संस्था जेडएसएल, इलम, इन्रुडेकलगायत संस्थाले राप्ती सोनारी–९ मा मात्र दुई सय १० सुरक्षित खोर र ३० गाईभैँसीको भकारो सुधार गरिएको छ ।
बाख्राको सुरक्षित खोर निर्माण भएपछि निकुञ्जसँग जोडिएको गाउँबस्तीमा चितुवा, बाघ तथा अन्य वन्यजन्तुबाट बाख्रा र भेडालाई जोगाउन सहज भएको राप्ती सोनारी–९ महादेवा गाउँका मानबहादुर दर्लामीले बताए ।
“पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डरत्रास हटेको छ”, उनले भने, “हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन मुस्किल हुने गरेको छ, सुरक्षित खोर निर्माणले केही राहत भएको छ ।”
महादेवा गाउँकै हेम चापागाईँले गाउँमा चितुवा आएर भेडाबाख्रा खान थालेपछि भेडाबाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रापालन सुरु गरेको बताए । उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तुबाट घाइते हुने तथा मर्ने चिन्ता हटेको बताए ।
विश्व वन्यजन्तु कोष एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम)अन्तर्गत डिभिजन वन कार्यालयमार्फत राप्ती सोनारी–८ पेरानीगाउँका ३० घरमा सुरक्षित खोर निर्माण गरिएका छन् ।
त्यसैगरी, बाँकेको कम्दी जैविक मार्गका ३० घरमा पनि बाख्राका लागि सुरक्षित खोर निर्माण गरिएका छन् । चितुवा, बाघलगायत जनावरले बस्तीमा आएर बाख्रा मार्न र घाइते बनाउन थालेपछि उनीहरूलाई जोगाउन सुरक्षित खोर निर्माण गरिएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाका फिल्ड प्रबन्धक प्रकाश थापाले जानकारी दिए ।
कम्दी जैविक मार्गमा बँदेल, चित्तललगायतका जङ्गली जनावरबाट स्थानीयको अन्नबाली जोगाउन विभिन्न सामुदायिक वनक्षेत्र र बस्तीबीच करिब चार किलोमिटर तारजाली निर्माण गरिएको छ ।
मध्यवर्ती क्षेत्रका बासिन्दाको आयआर्जनको स्रोत बाख्रापालन भएकाले स्थानीयको आयआर्जनमा टेवा दिने बाख्रापालनमा चुनौती थपिएपछि खोरलाई बलियो बनाउने अभियान चलाएर सुरक्षित खोर निर्माण गरिएको थापाले बताए ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

प्रतिक्रिया