जाडोमा बाक्लो लुगा लगाउँदा एलर्जी भए के गर्ने ?

जाडो महिनामा तातो कपडा सबैले लगाउँछन् । तर, सबैको शरीरले बाक्लो कपडा सहदैन । बाक्लो कपडाले कसैलाई एलर्जी पनि गर्छ । कपडाबाट एलर्जी हुनुलाई मेडिकल भाषामा ‘क्लोदिङ डर्मेटाइटिस वा कन्ट्याक्ट डर्मेटाइटिस’ भनिन्छ । जाडोमा बाक्लो कपडा लगाउँदा धेरैलाई छाला रातो हुने, चिडचिडाहपन हुने, चिलाउने, पोल्ने आदि हुन्छ । कपडाले भएको एलर्जीलाई धेरैले चिसोको कारणले भएको एलर्जी पनि ठान्छन् र, बेवास्ता गर्छन् ।
कपडाले एलर्जी गर्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । कपडामध्य पनि ऊनीको कपडाले प्रायलाई एलर्जी गर्छ । विशेषगरी ऊनीको कपडा छालामा सिधँै सम्पर्कमा आउँदा एलर्जी गराउँछ ।
यदि ऊनको कपडा लगाउँदा छाला रातो हुने, पोल्ने, चिलाउने, स-साना बिबिरा आउने भयो भने एलर्जी भएको भनेर बुझ्नुपर्छ । सुख्खा र संवेदनशिल छाला भएकाहरुमा यस्तो समस्या देखिन्छ । त्यसैले, यो प्रकारको छाला भएकाहरुले सकेसम्म ऊनीको कपडा नलगाएकै बेस । बालबालिका र बुढाबुढीको छाला संवेदनशील हुने भएकाले उनीहरुलाई यो कुरामा विशेष ध्यान पुर्याउनुपर्छ । उमेर बढ्दै गएपछि छालाले तेल र पसिना निकाल्न छाड्छ र,सुख्खा हुन्छ । जसकारण युवायुवतीहरुमा भन्दा पनि उमेर ढल्किसकेकाहरुमा यो समस्या बढी देखिन्छ ।
एलर्जी हुनले यसो गरौँ :
- कपडा छनोट गर्दा ध्यान दिनुपर्छ ।
- आफूलाई एलर्जी हुने खालका कपडा छालाको सिधा सम्पर्कमा आउनेगरि लगाउनु हुँदैन ।
- ऊनका कपडाको एलर्जीबाट बच्नका मोइस्चराइजर वा बडी लोसन लगाउन सकिन्छ ।
- खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ, पर्याप्त मात्रामा फलफुल र तरकारी खानुपर्छ ।
- छाला सकेसम्म सुख्खा हुन दिनुहुँदैन, तोरी वा जैतुनको तेल लगाइरहनुपर्छ ।
ऊनीको मात्रै नभएर अरु लुगाले पनि कतिपयलाई एलर्जी गर्छ । कपडामा भएको रङ पसिनामा मिसिएपछि पनि छालामा एलर्जी हुन्छ । त्यसैले लुगाको छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । जाडोमा एलर्जी भयो भन्दैमा कपडा लगाउन छाड्ने कुरा हुँदैन । कसैलाई ऊनीको कपडाको एलर्जी छ भने भित्र केही नलगाइ एकैचोटी ऊनीको कपडा लगाउनु हुँदैन । उनीको लुगा छालामा सिधैँ नछोओस् भन्नका लागि भित्रपट्टि सिल्क वा कटनको फुल बाहुला भएको कपडा लगाउनुपर्छ । त्यसपछि मात्रै बाहिर ऊनीको कपडा लगाउनुपर्छ । यसोगर्दा एलर्जी पनि हुँदैन, शरीरलाई पनि न्यानो हुन्छ । (कुराकानीमा आधारित ।)

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया