शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ ।

आज बसेको पार्टीको बैठकले यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ ।

त्यस्तै कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई प्रवक्ता बनाएको छ ।

रास्वपाका मुकुल ढकाल बाहिरिएपछि पद कार्यवाहकका रुपमा रहेका थिए ।