शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य

काठमाडौँ- टी–२० आई सिरिजको अन्तिम खेलमा आज स्कटल्याण्डले जितका लागि नेपाललाई १९४ रनको लक्ष्य दिएको छ । जारी खेलमा ५ विकेटको क्षतिमा स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको हो ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । 

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।