हत्या अभियोगमा दुई जना पक्राउ

तनहुँ- हत्यामा संलग्न रहेको अभियोगमा तनहुँबाट २ जना पक्राउ परेका छन् ।
देवघाट गाउँपालिका–५ बद्रीमुक्ती टोल बस्ने ३२ वर्षीय प्रकाश पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने पाल्पा तानसेन नगरपालिका– ८ नयाँपाटी घर भएका २८ वर्षीय बुद्ध सारू मगर र मकवानपुर हेटौंडा उप महानगरपालिका–३ हटिया घर भएका ४३ वर्षीय राम लामा रहेका छन् ।
बिहीबार बिहान आफ्नै घर नजिकै सडकमा प्रकाशलाई लडिरहेको अवस्थामा देखि स्थानीयहरूले उपचारको लागि भरतपुर सरकारी अस्तपाल चितवन लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा राम, बुद्ध र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय जोगी भनि बोलाउने पुरूषले प्रकाशलाई कुटपिट गरेको भन्ने खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय आँबुखैरेनी र इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न मध्ये राम र बुद्धलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर क्षतविच्छेद, सवारी आवागमन ठप्प

हत्या अभियोगमा दुई जना पक्राउ

संस्कृति र सम्पदाको सदुपयोग गरे देश समृद्ध हुन्छ : मन्त्री पाण्डे

बेँसीसहर–चामे सडक अवरुद्ध
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन

प्रतिक्रिया