शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

काठमाडौँ- सुन तस्करी प्रकरणमा फरार आरोपी अमला रोका पक्राउ परेकी छन् । शुक्रबार रोकालाई टोखाबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोका एसएसपी होविन्द्र बोगटीका अनुसार रोका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी हुन् । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार रहेकी उनी विरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।

काठमाडौँको ठमेलस्थित होटेल भियनाकी सञ्चालकसमेत रहेकी रोका माओवादी केन्द्र निकट रोल्पा-काठमाडौँ सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् ।