बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

काठमाडौँ- केहि दिनदेखिको वर्षाले विभिन्न राजमार्गका सडक बन्द भएका छन् ।
प्रहरीका अनुसार पाँच वटा राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ लार्चामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध छ ।
त्यस्तै बाढीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ मा गएरातिको बाढीले महेन्द्र राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।
त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बलिनटार गाउँपालिका-१ बतासे डाँडामा पहिरो जाँदा कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरोध भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-३ राम्रीमा गएराति पहिरो जाँदा दाङ-सल्यान सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा पहिरो जाँदा राप्ति राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ ।

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

प्रतिक्रिया