दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आवाज

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा पेट्रोलियम पदार्थको स्रोत फेला परेको खबरले आफूलाई खुसी बनाएको बताएका छन् ।
ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओलीले यस अघि आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका हुन् ।
‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए,’ ओलीले लेखेका छन्, ‘११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।’
उनको यो अभिव्यक्तिसँगै दैलेखको भूमिगत ग्यासबाट नेपाल ऊर्जा–स्वावलम्बनको दिशामा अघि बढ्न सक्ने सन्देश दिएको छ।
यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ विशेषज्ञ टोलीसहितको सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो। तर त्यसलाई तत्कालीन सरकारका आलोचकहरूले ‘अवास्तविक सपना’ भन्दै प्रश्न गरेका थिए।
हालै सार्वजनिक गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार दैलेख क्षेत्रमा ठुलो मात्रामा प्राकृतिक ग्यास भएको पुष्टि भएको छ । विज्ञहरूले यसमा अझै विस्तृत परीक्षण आवश्यक रहेको बताएका छन्।

प्राकृतिक प्रकोपपछिको उद्दार र राहतका लागि तयारी रहन कार्यकर्तालाई प्रचण्डको आग्…

इरान-इजरायल युद्ध : नेपाल फर्कन चाहनेलाई सरकारले उद्दार गर्ने

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

प्रतिक्रिया