हत्या अभियोगमा दुई जना पक्राउ

दमौली (तनहुँ)- तनहुँमा हत्या अभियोगमा बिहीबार दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ हटिया घर हाई हाल तनहुँको देवघाट गाउँपालिका–५ बस्ने ४२ वर्षीय राम लामा र पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका–५ बस्ने २८ वर्षीय बुद्ध सारुमगर रहेको आँबुखैरेनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीअनुसार देवघाट गाउँपालिका–५ बद्रीमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको कर्तव्य गरी हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जना ज्याला मजदुरी गर्ने हुन् ।
आज बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयवासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात प्रहरी निरीक्षक सुवेदीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गर्दा निजहरु मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका दुई जनाले पौडेललाई कुटपिट गरेका थिए । प्रहरी निरीक्षक सुवेदीले भने, “गए राति सँगै बसेर मादक पदार्थ सेवन गरी झगडा भएको रहेछ, दुई जनाले पौडेललाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।”

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_uwZO1knmwC_v5qwi3epq6boc2dh8w5yjtbn5p6kk9mwobbmpmnohm2zkrdn62uwvschw3uc.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

तनहुँमा दुई जना मृत फेला

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_PAF8z14DqL_prfex6xotzp0ag3pnw5yecf4gfhzosdwywozj8wcsww1ry4lzj9v98e4ne8s.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

प्रतिक्रिया