एक व्यक्ति एक पेशा नीति लागू नगर्न माग
काठमाडौँ : रजिष्टर्ड अडिटर्सको छाता संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान)ले परिषद्ले साउन १ गतेबाट रजिष्टर्ड अडिटरहरूको लागि एक व्यक्ति एक पेशाको नीति लागु हुने गरि सूचना प्रकाशित गरेको विषयमा आपत्ति जनाएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले एक व्यक्ति एक पेशा नीति लागू गर्दा पर्न सक्ने कठिनाइको सम्बन्धमा विश्लेषण नै नगरि सुचना प्रकासित हुनु दुःखद विषय भएको बताएको छ ।
अडानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालमा लेखापरीक्षण गर्नु पर्ने निकायहरुको तुलनामा लेखापरीक्षकहरूको संख्या न्युन छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस्संस्थाकैपछिल्लो अध्यावधिक विवरण अनुसार संस्थामा सिओपी नविकरण गर्ने सदस्यहरुको संख्या करिव ३६०० जना रहेको छ । भने त्यसैसंस्थाले गरेको पछिल्लो अध्ययनबाट लेखापरीक्षण गरिनुपर्ने प्रालि, पब्लिक लिमिटेड, सहकारी संस्था शैक्षिक संस्था, साना तथा मझौला फर्म, राजनैतिक दल, संस्थान, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था र लेखापरीक्षण फर्म समेत करिव ११ लाखको संख्यामा रहेका निकायहरुको लेखापरीक्षण गर्नुपर्ने अवस्था रहेको छ ।’
देशका विकट स्थानहरुमा लागत र भौगोलिक कठिनाई समेतका कारण अन्यत्रबाट लेखापरीक्षक गई लेखापरीक्षण गर्न सक्ने परिस्थिति नभएको उल्लेख छ । नेपाल अडिटर्स एशोसिएसन (अडान) ले यो नीति लागू नगर्न पटक पटक गरिएको अनुरोध र पत्राचार समेत लाई बेवास्ता गरेको उनीहरुको बुझाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_tfUOAEDA6s_x0yfyqy3tkrogpkrlzp4ssyesuiv98cgzjqxrgw0ml2rgbdxq88qjphzfixl.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया