‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला नदीको नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाउने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कमला नदीमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्ने बताएका हुन् ।
मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी सडकअन्तर्गत कमला पुल निर्माणको जिम्मेवारी पाएको कम्पनी लुम्बिनी बिल्डर्ससँँगको ठेक्का प्रक्रिया तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारी भएको उनले उल्लेख उल्लेख गरे ।
‘समयमै निर्माण सम्पन्न भएन, अब नयाँ निर्माण कम्पनीलाई जिम्मा दिन्छौ’, उनले भने, ‘अब नयाँ मूल्याङ्कन गरेर जसरी पनि पुल निर्माण हुन्छ, फास्ट ट्रयाकबाट अघि बढ्छौँ ।’ निर्माण कम्पनी र बिमा कम्पनीबीचको अदालती प्रक्रिया लम्बिएपछि काम ठप्प भएको अवस्था छ । ‘यो पुल बनाउन अब तीन गुणा बढी रकम लाग्न सक्छ । पुल निर्माणका लागि हामीले अन्तिम पटक अनुरोध गर्यौँ, उनले भने ‘निर्माण नगरेको अवस्थामा कम्पनीसँग ठेक्का तोड्दै कारबाही गर्र्दै कालोसूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।’
साथै महाकाली नदीमा तीन वर्षभित्र पुल निर्माण गर्ने गरी २०७४ सालमा सम्झौता भए पनि हालसम्म काम हुन नसकेको छैन । उक्त पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँग सम्झौता तोड्ने निर्णय भएको समेत उनले उल्लेख गरे ।

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

प्रतिक्रिया