शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

जिल्लाको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १५ औँ अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले ‘हाम्रो शिवनाथ, हामी बनाउँछौँ’ भन्ने नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए । पालिकाभित्र बोलिने भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक वडा, एक खेलमैदान’को नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।
आगामी वर्षमा गाउँपालिकाका छ वटा वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीयको खानेपानीमा पहुँच पुर्याउन आवश्यक नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए । “न्यायिक समितिको कामलाई प्रविधिमैत्री बनाउने र कृषितर्फ विभिन्न कार्यक्रममा अनुदान दिने उल्लेख गरिएको छ”, उनले भने । रासस

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

सावित्री देवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित

प्रतिक्रिया