आज पनि संसदमा रास्वपाका सांसदको अवरोध जारी

भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका हुन् । दुई दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्न समय दिएका थिए ।
सांसद ढकालले गृहमन्त्रीले सदनमा बोल्दा भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । उनले अध्यागमनमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न नसकेको, बिमानस्थलमा अनावश्यक कर्मचारी थप गरिएको र आफ्ना कर्मचारीको सरुवाका बिषयमा गृहमन्त्रीको कुनै जवाफ नआएको जिकिर गरे । आफ्ना मागलाई सरकारले नसुनेकाले आफुहरुको आन्दोलन जारी रहेको उनले बताए ।
त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै दल बिशेषको नभइ सवैको साझा मुद्दा भएकाले यस बिषयमा सवै दल एक ठाँउमा आउन आह्वान गर्नुभयो । भिजिट भिसा प्रकरणमा छानविन समिति नभएसम्म आफहरुको विरोध कायमै रहने उनको भनाइ छ ।
शाहीले आफुहरुको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्पाका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् भने राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरेका छन् ।

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

राष्ट्रियसभामा जुहारचन र शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

देशको काठको उपयोग नगरी विदेशबाट काठ आयात नगर्न सांसदको माग

निजामती विधेयकमा माओवादीले राजनीति गर्योः सचेतक बर्तौला

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

संघीय निजामती विधेयक रोक्ने काम संघीयता कार्यान्वयनको विरुद्ध होः पाण्डे

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

प्रतिक्रिया