बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

मितेरी सहकारीको रकम हिनामिनाको आरोपमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ । भण्डारीलाई प्रहरीले बुधबारराती नेपाल ल्याएको हो । भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको थियो । सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका थिए । उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए ।