बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

 काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिँदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् । ‘उखु किसानलाई दुई दशक अघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् ।

नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्थापित हुने पक्का भएको उनको दाबी छ । उनले अघि प्रश्न गरेका छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’