घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्

हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु¥याउन सक्छ । तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन्।
मनतातो नरिवलको तेलः नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस्। यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ।
जैतुनको तेलः राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोइश्चराइजसमेत गर्दछ ।
हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रणः हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस्। २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस्। हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस्।
नुन र मनतातो पानीः तातो पानीमा एक चम्चा नुन घोल्नु होस्। कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस्। यो सस्तो र सरल समाधानले कानको कोमल सफाईमा मद्दत गर्दछ।
बाफ लिनेः तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् । यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ।

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने
सीमा नाकामा कोरोनाको जोखिम कायमै

बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै

आँप खाँदा आउन सक्छ पिम्पल, यी पाँच उपायले जोगिनुस्

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

प्रतिक्रिया