बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ ।

जुन बैठक बिहान ८ः०० बजेबाट सुरू हुनेछ ।