सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गरेका छन्।
सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राखेका थिए।
मन्त्री गुरुङले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले देशको सामाजिक सद्भाव, राष्ट्रिय एकता, सार्वभौममा आँच आउने खालका अभिव्यक्ति सिर्जना भएको हुँदा यसलाई व्यवस्थित गर्न सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा टेवल गरिएको बताए। उनले नेपाललाई डिजिटल साक्षर बनाउने, आइटि क्षेत्रमा विकास गर्ने डिजिटल नेपालको परिल्पनालाई साकार पार्ने राष्ट्रिय नीति रहेको बताए।
युनेस्कोका नेपाल प्रतिनिधि टोइटले नेपालको डिजिटल फेमवर्कको उद्देश्य साकार पार्न युनेस्को सधैँ सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता दिए। उनले पछिल्लो समय सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्नेबारे युवादेखि सबै प्रयोगकर्तालाई साक्षरता आवश्यक रहेकोमा सहमत व्यक्त गरे।
प्रमुख डिजिटल रूपान्तरण र मिडिया विकास पहलमा सहकार्यलाई बढवा दिने उद्देश्यले गरिएको उक्त बैठकमा मन्त्रायका सचिव राधिका अर्याल, आइसिटी डिभिजनका सहसचिव आदेश खड्का र मन्त्रीका आइसिटी सल्लाहकार डा शालिग्राम पराजुली र युनेस्कोका सञ्चार प्रमुख निर्जना शर्मालगायत व्यक्तित्वको सहभागिता थियो।

‘सरकारले विपत् व्यवस्थापनका लागि बजेटअभाव हुन दिँदैन’

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल जारी

इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु विन्दु डुकुछाप सार्न प्रधानमन्त्रीलाई सुझाव

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने ( मन्त्रिपरिषदकाे निर्णयहरू यस्ता…
_EklubksRQJ_gxrk2xqrtvnh8svsoo9bxlhdxtv3xjldqjhk0zr5bm8wcjfwgm4bfnbfmwb4_PRciD1qH6y_aqkyxbsjtuxg0pjhejkk9e1utictpsgl0apmb41f6dqfam9sg05qt9im23ky.jpg)
राष्ट्रपतिबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

प्रतिक्रिया