नक्कली महानगर यातायातबाट सक्कली महानगर यातायात हैरान

काठमाडौं- काठमाडौंमा सार्वजनिक बस सेवा संचालन गरिरहेको महानगर यातायातले नक्कली महानगर यातायात सञ्चालन भएको जानकारी दिएको छ । सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले यातायात व्यवसायीहरूको पहलमा २०७२ साल फागुनमा महानगर यातायात प्रालिको सेवा सुरु गरिएको थियो ।
महानगर यातायात प्रालीको नाम, रंग र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बस सोही रुटमा चलाउन अनुमति दिएपछि महानगर यातायात प्रालिले आपत्ति जनाएको हो । यसबारे पटक पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि कुनै कारबाही नभएको महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।
नियम अनुसार सम्बन्धित निकायमा दर्ता गराइ आवश्यक प्रक्रिया पुर्याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी संचालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन । तर विद्यमान नियम कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरुवाती दिनबाटै निर्बाध रूपमा नक्कली महानगर यातायात सोही रुटमा संचालन भइरहेको अध्यक्ष खतिवडा बताउँछन् ।
महानगर यातायातले आज पत्रकार सम्मेलन गरेर अब उप्रान्त पनि नक्कली महानगर यातायातले नाम र लोगो सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको माग सहितको जस्तो सुकै कदम चाल्ने जनाएको छ। नक्कली महानगर यातायात तथा मिल्दो जुल्दो नाम हुबहु रगं र डिजाईन राखी सवारी साधन संचालन गर्ने व्यवसायीहरू प्रति नरम रूपमा प्रस्तुत हुँदै आएको भए पनि अब पनि चुप नबस्ने अध्यक्ष खतिवडाले बताए।

नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित एक पक्राउ

सशस्त्रका एआइजी ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान

सामुदायिक वनद्वारा जीविकोपार्जनका लागि पञ्चेबाजा तालिम

दलित युवालाई उद्यमी बनाउन सीप सिकाउँदै तमानखोला गाउँपालिका
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_DowYJIYkJp_rypgjwqulcl7me8joqinfol92cqlemstmcjayk7fevbkx4qj8sv3xnz2fi4u.jpg)
अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर, सिन्धुवासीलाई सतर्कता अपन…

गर्मीमा सुन्तलाको जुस पिउँदा पाइनेछ अनेक फाइदा

प्रतिक्रिया