रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी ल्याएर काठमाडौंमा वितरण

मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो । काठमाडौंमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार खानेपानीमन्त्री प्रदीप यादवसहितको टोली पुगेर परीक्षण गरेकाे थियाे ।
परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौं ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए।
उनले भने, ‘काठमाडौंमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकी सोमबार सफल परीक्षण गरिएको थियो । सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदै छ।’ मेलम्ची आयोजनाको हेडबर्क्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौं ल्याई वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए।
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको वेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तीमा पनि १० देखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौंमा निर्माण भएका विभिन्न खानेपानी ट्यांकीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउन यो आपूर्ति नियमित बनाइने तयारीसमेत गरिएको छ । लामो समयदेखि मेलम्ची आयोजनामा भइरहेका अवरोध र प्राविधिक समस्यापछि यो सफल प्रयासलाई ‘मेलम्ची पुनरागमन’को रूपमा हेरिएको छ ।

इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गरिने

काठमाडौं-तराई-मधेस द्रुतमार्गको सुरु विन्दु डुकुछाप सार्न प्रधानमन्त्रीलाई सुझाव

सरकारले विश्व बैंकवाट २० अर्ब बढी सहयता लिने ( मन्त्रिपरिषदकाे निर्णयहरू यस्ता…
_EklubksRQJ_gxrk2xqrtvnh8svsoo9bxlhdxtv3xjldqjhk0zr5bm8wcjfwgm4bfnbfmwb4_gdBXMEVjLn_yvz5do5vv51ckdmflhdlyhaeofykbiu0w6ifxgxsctpgolyqwbhl5iicwe2x.jpg)
राष्ट्रपतिबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

एमआइटीका वैज्ञानिक अनुसन्धानकर्ता शेर्पाले प्रधानमन्त्रीलाई भेटेपछि...

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रतिक्रिया