बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

अत्यधिक वर्षा हुन सक्ने चिनियाँ प्रहरीले पठायो खबर,  सिन्धुवासीलाई सतर्कता अपनाउन प्रशासनको अनुरोध

सांकेतिक तस्बिर

काठमाडौँ- असार ७ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको छ । भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै सुरक्षित रहन जानकारी दिइएको हो ।

भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली बताए । जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस क्षेत्रमा बस्ने स्थानीयहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

'असार ३ गते देखि ७ गते (Jun17-21 2025 ) सम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ' प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ 'भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ ।'