मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

काठमाडौँ-राराष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत  तथा सिँचाइमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिनुभएको छ । 

मन्त्री खड्काले आज उहाँलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराउनुभएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको थियो । रासस