समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

दोलखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि वर्ग सङ्घर्ष आवश्यक रहेको बताएका छन्।
चिरकाेटमा साेमबार आयोजित २३ औँ प्रताप स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद प्राप्तिका लागि नेपालको संविधानले परिकल्पना गरेअनुसार जनतालाई गोलबन्द गर्नुपर्नेमा जोड दिए। “संविधानले परिकल्पना गरेको समाजवाद प्राप्त गर्न तपाईँ हामी सबै गोलबन्द भएर लाग्न जरुरी छ”, उनले भने।
उनले द्वन्द्वकालमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरण गर्दै उनीहरुको सपना पूरा गर्न अझै पनि सङ्घर्षको आवश्यकता औँल्याए। उनले जलविद्युत् उत्पादनको दृष्टिले दोलखा धनी जिल्ला भएको उल्लेख गरे।

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिनिधिसभाको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रतिक्रिया