सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

''खै त मायाले कुरा बुझेको” गीत सार्वजनिक

गायिका शर्मिला बर्देवा तथा गायक प्रमोद शर्माका गायन जोडिले म्युजिक नेपालको यूट्यूब च्यानलबाट आफ्नो नयां गीत “खै त मायाले कुरा बुझेको” सार्वजनिक गरेका छन् । लन्डनका स्थायी बासिन्दा यी जोडिले युरोपका विभिन्न शहरहरूमा आफ्नो प्रस्तुति देखाई ख्याति कमाई सकेका छन् । गायक प्रमोद शर्मा भन्छन, “हाम्रो गायन एकपटक सुनेर जानेहरुले हामीलाई पुन सुन्न विदेशमै बोलाऊछन् । हामीले यस गानामा निकै मेहनत गरेका छौं, श्रोताले पक्कै सुन्नु हुनेछ र मन पराईदिनु हुनेछ ।”

प्रमोद शर्मा प्रसिध्द संगितकार स्व हुतराज शर्माका पुत्र हुन भने गायिका शर्मिला बर्देवाले शास्त्रीय सङीतमा डिप्लोमा गरेकी छन र तीन दशक देखी गायन छेत्र मा संलग्न छिन । यस गीतका गीतकार दीनेश राज पुरी, नृत्य निर्देशक सियोन श्रेष्ठ र संगीत संयोजन राजेन्द्र बजगाईको रहेको छ । यस्तै एल्बम काष्टमा सुधिर श्रेष्ठ, बिना रावत तथा कविता तोलंगी को अभिनय रहेको छ ।