मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीतिः मन्त्री भण्डारी

ललितपुरः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी बृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन् । सोमबार ललितपुरमा चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको समेत बताए।

उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्न सके  मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा गरे । हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्ने भन्दै उनले स्वदेशी उत्पादनलाई राज्यले नै खरिद गर्ने जिकिर गरे ।

उनले बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको जानकारी दिदैं लगानीका क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिए ।

त्यस्तै उहाले बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको जानकारी गराउनुभयो । स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाखसम्म दिने कार्यक्रम समेत बजेटमा समावेश रहेको उहाको भनाइ छ । बाइट.............

मन्त्री भण्डारीले सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानुन ल्याएको समेत जानकारी दिनुभयो । ललितपुर महानगरद्वारा आयोजित उद्यमी सम्मेलनमा घरेलु उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।