सदनमा ठूला–साना सबै दल सबैको भूमिका बराबर छः अध्यक्ष लिङ्देन

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग राख्दै रास्वपा र राप्रपाले सोमबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका हुन् । विरोधपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिनुभएको थियो । सो क्रममा अध्यक्ष लिङ्देनले सदनमा ठूला–साना सबै दल रहेकाले सबैको भूमिका बराबर हुनुपर्ने बताए । सदनमा विरोध भइरहँदा जबर्जस्ती बैठक सञ्चालन नगर्न उनले सभामुखलाई आग्रह गरे । उनले जवरजस्ती सदन चलाउने कर्मकाण्डमा राप्रपा सहभागी नहुने भन्दै वहिस्कार गरेको दिन बैठक भत्ता नलिने स्पष्ट पारे ।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा जनताको आवाज सदनमा राख्दा पनि राज्य गम्भीर बन्न नसकेको बताए । उनले जनताको मुद्दा अघि बढाउन आवाज दबाउन जबर्जस्ती सञ्चालन गरिएको जिकिर गरे ।
उनले सङ्ख्याका आधारमा कसैले पनि दम्भ देखाउन नहुने सुझाव दिए। विरोधका बीच सभामुख घिमिरेले संसद् बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले बेल घेराउ गरी नाराबाजी गरेका छन् । विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहेको छ ।

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

व्यावहारिक र लागू गर्न सकिने बजेट आएको छः सांसदहरु

मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा बजेट केन्द्रित छः सांसद गिरी

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

प्रतिक्रिया