सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

फेसबुकमा अलविदा लेखेका डा. केशव भेट्टिए

काठमाडौँ- फेसबुकमा अलविदा लेखेर बेपत्ता भएका डाक्टर भेटिएका छन् । सबैलाई अलविदा भन्दै फेसबुकमा लामो स्टाटस लेखेका डाक्टर केशव श्रेष्ठ त्यसपछि फोन अफ गरेर बेपत्ता भएका थिए ।

उनको स्टाटस सार्वजनिक भएपछि उनको खोजी सुरु भएको थियो । खोजीको क्रममा उनलाई बालाजु क्षेत्रमा फेला पारिएको प्रहरीले जनाएको छ । यसबारे थप जानकारी संकलन र अन्य अनुसन्धान भइरहेको छ ।