सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

दु:ख र हैरानीको पराकाष्ठ : फेसबुकमा ‘अलबिदा’ लेखेर डाक्टर श्रेष्ठ सम्पर्कविहीन

काठमाडौँ- डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् । सोमबार बिहान फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका हुन् ।

हालै मात्र उनी जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका थिए । उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको स्ट्याटसमा उल्लेख गरेका छन् ।
आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नु परेको उनले उल्लेख गरेका छन् । 

केदार कार्कीले (रामेछाप-०८) मागेको पैसा नदिँदा उनले भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा आफूले कारबाही भोगेको उनले सार्वजनिक गरेका छन् ।

त्यस्तै स्पष्टीकरण सोधेका तीन जना डाक्टर र अरु दुई जना महिला डाक्टरहरूलाई प्रयोग गरेर विभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराएको डा. श्रेष्ठले आरोप लगाएका छन् ।

डाक्टर श्रेष्ठले लेखेको जस्ताको त्यस्तै
सबै जनालाई अलविदा 
मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो । संघर्ष-संघर्षमा डाक्टर पढें, करारको जागिर हुँदै नेपाल प्रहरी हुँदै अहिलेको बागमती प्रदेशको लोकसेवाबाट नाम निकालें । 
करिब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाएँ । दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागें । म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो । 

डा. गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गएपनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरोविरुद्ध लगाई नै राख्यो, तर म डटेर नै काम गरें  । एउटा ब्यबस्थित अस्पताल बनाएपनि, हरेक कुरालाई system मा लिएर आएँ ।

केदार कार्कीले (रामेछाप-०८) मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा उसको नेतृत्वमा मैले कारबाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरूलाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए । एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ ममाथि मुखमुखै  लागेर morning conference मा प्रस्तुत भई । त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायो र मलाई झण्डै हात हालेन, हाम्रो अस्पतालको अध्यक्षज्यूको अगाडि, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिँड्यो । 

केदारले भनेको बमोजिम अस्पताल चलाउनुपर्ने, उसले खाएको होटलको बिल तिर्नुपर्ने, विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनुपर्ने । आफ्नो कार्यकक्षमा नबस्ने, आफ्नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab सँग CD/RPD को comission को  deal गर्ने, पटक-पटक भन्दा पनि आफ्नो कार्यकक्षमा नबस्ने गरेको पाएपछि लिखित स्पष्टीकरण सोधें । त्यही  स्पष्टीकरण सोधिएकाहरूलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साँधेर मेरोविरूद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छाड्न बाध्य बनाइयो ।

अब भोलिको दिनमा स्पष्टीकरण खाएका, कारबाहीमा परेका करारका ४/५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने ? मैले आफ्नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको सचिवले नै सुन्नु भयो । 

शरिरमा १६ वटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाडौँ आइपुगें अनि ८ बजे फेरी हाजिर हुन काठमाडौँबाट हेटौंडा लागें । नयाँ आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा फोन गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागि चाही किन CDO लाई फोन गरिएन ? २०८२/०२/२८ गते दिउँसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टापछि ४ बजे तिर मेरो सरुवाको पत्र अनि फेरि २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने ? यो कत्तीको न्यायोचित छ ?

हेटौंडा पुगेपछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानविय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाडि खोसे, हाजिर पनि नगरेकोलाई गाडि मा रामेछाप पठाइयो, मलाई अमानवीय व्यवहार गरेर हेटौंडामा अलपत्र पारे । सरुवा गरिएको छ हेटौंडा अस्पतालमा तर हाजिर गराइएको छ मन्त्रालयमा । मलाई धेरै दु:ख दिए, अहिले यो दु:ख/पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले ज़िन्दगीबाट नै हार खाएँ । कतैबाट केही साथ/सहयोग पाउन सकिनँ ।

डा. नरेन्द्र झा, रेवती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाँचे भने न्याय पाउँछु जस्तो लागेन । असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन । मैले बाँचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कारबाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान्, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान । म मानसिक रूपमा कमजोर हुन पुगें, अहिले बिक्षिप्त हुन पुगेको छ । one man army भनेर चिनिएको थिएँ अहिले आएर हार खाएँ ।

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगें, एक्लै लड्ने मान्छे आज आएर गली सकेको छु । मलाई साथ दिएर यहासम्म लिएर आउने डा. अनिल कार्की, बद्री खड्का सर, माननीय उत्तम जोशी सर हजुरहरूलाई धेरै धन्यवाद छ । तपाईंहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाएँ ।

तर आज आएर मैले गल्ति बिनाको सजाय भोगेको छु । आज मलाई दु:ख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरूले कानून बमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ती पाउने छैन । दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाएँ (१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुँदा बागमतीको दोस्रो) अहिले पुरस्कृत हुनुपर्नेमा कारबाही खाएको छु ।

नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छवि सर (अस्पताल प्रशासन), वसन्त, डोर बहादुर सर तपाईंहरूलाई थाहा छ, भोलि परेको बेला  यथार्थ कुरा बोलिदिनुहोला । यही हो यथार्थ कुरा, धेरैले बुझ्न, सुन्न नै खोज्नु भएन । मेरो लाशमाथि राजनीति नहोस् तर यी अपराधीहरूलाई कानूनको कठघरामा लिएर आउन सबैलाई अनुरोध गर्दछु । फेरि पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी ।