सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
जेठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो र काठमाडौं उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरुको अनलाइनमार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।
यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरे । साथै कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत विदुर बहादुर भुजेलले गरेका थिए ।
उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।
सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम संचालन गर्दै आएको छ। साथै काठमाडौं उपत्यका बाहिरका स्थानहरुमा अन्य कर्मचारी र अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नै प्रस्तुत गरेका छन् । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै आएका छन् । साथै कम्पनीले यस प्रकारको कार्यक्रम पुन देशभरी क्रमशः विस्तार गर्ने समेत जनाएको छ ।

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

प्रतिक्रिया