कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

मोरङ कानेपाेखरीमा सवारी दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका – ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।
प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनबिक्रम दाहालले जानकारी दिए ।
बेलबारी नगरपालिका– ४ घर भएका चौधरी प्रहरी चौकी जमुना इलाममा कार्यरत थिए । दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान बिमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको छ ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया