बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आज बिहान चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ। चट्याङ लागेर गरुडा नगरपालिका १ जयनगर बस्ने बर्ष ६५ को सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।
आज बिहान सवा ८ बजेको समयमा जयनगर स्थित वनिया आफ्नै घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भएका थिए। घाईते बनियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा बिहान १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
रौतहटमा शनिवार देखी फाटफुट र आज बिहान देखी पानी परिरहेको छ। पानी पारेपछि गर्मीबाट केही राहत महसुस भएको छ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया