संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेग्लाबेग्लै छलफल गरेका छन् ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नै पर्ने बाध्यता रहेकाले सदन अवरोधको स्वरुप बदल्न तथा सदनलाई मर्यादित बनाउन उहाँको ध्यानाकर्षण गराएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिए ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे विभिन्न दलका प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
सभामुखले राप्रपाका अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन अनुरोध गर्नुभएको थियो । अध्यक्ष लिङ्देनलाई टेलिफोन गरेर सभामुखले संसद्मा आफ्ना विषय राखेर सदनको कारबाही सञ्चालनमा सहयोग गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

प्रतिक्रिया