आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

प्रतिनिधिसभाको बैठक, बजेट माथी छलफल जारी रहने

 प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामतीको सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।