करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

खोटाङ- करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।
सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा शुक्रबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते बन्नुभएका उहाँको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।
करेन्ट लागेर बेहोस हुनुभएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । केन्द्र पुर्याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए । उनको शव परीक्षण गृहमा राखिएको छ ।
यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ ।
भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए ।

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

कोशी प्रदेशमा लिम्बु र मैथली भाषा सरकारी कामकाजी भाषा बनाइने

कोशी प्रदेशसभाः विधेयक बहुमतले अस्वीकृत

२५ रोपनीमा अकबरे खुर्सानी खेती गरिरहेका राई

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

नक्कली नोटसहित दुई जना पक्राउ

प्रतिक्रिया