ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काँक्रेविहार (सुर्खेत)- भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
नलगाड नगरपालिका–८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो । रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड–७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

चिङ्गाड गाउँपालिका पूर्णखोप सुनिश्चित घोषणा

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

प्रतिक्रिया