मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर : पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका–३ मा निर्माणाधीन तमोर कोरिडोर सडकमा आज मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्माका ४५ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवारमा तेह्रथुमकै उदय कार्की घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पताल फिदिम ल्याइएको छ । लिम्बू कुम्मायक–५ स्याबरुम्बामा भवन निर्माणको कामका लागि तेह्रथुमबाट आएका थिए ।
कुम्मायक–५ सिम्राहा पुलमा पुगेर फर्किने क्रममा को २८ प ८६११ नम्बरको मोटरसाइकल सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः चार वटा मात्रै सूचिकृत

सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हि…

प्रतिक्रिया