पत्नीको कुटाइबाट पतिको मृत्यु

टक्सार (भोजपुर) : भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो ।
विवादमा पत्नी सुमित्राले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको विषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिमिल्सिनाले बताए ।
---

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

प्रतिक्रिया