मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा- मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले सांसद कुशवाहा निलम्बनमा परेका जानकारी दिए । कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाएका थिए । उनी बिहीबार काठमाडौँको अनामनगरबाट पक्राउ परेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं ४ (२) बाट निर्वाचित भएका थिए ।
कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए । यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन् । सांसदद्वय कुशवाहा र शर्मा महोत्तरीबाट र सांसद ठाकुर धनुषाबाट प्रदेश सांसदका रूपमा निर्वाचित भएका थिए ।

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

प्रतिक्रिया