माधव नेपालको सांसद पद निलम्बन भएको सभामुखले गराए जानकारी

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई जानकारी गराइएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सांसद पद निलम्बन भएको जानकारी गराएका हुन् ।
अख्तियारले नेपालमाथि पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।

अख्तियारको अनुसन्धानमा खुला हृदयले सहयोग गर्छुः गृहमन्त्री लेखक

संसदमा गृहमन्त्री लेखकको रोदनः मेरो कुनै संलग्नता छैन, षड्यन्त्रमुलक ढंगले आक्र…

माओवादीले संसदमा आत्मसमर्पण गर्योः अध्यक्ष लिङदेन

मातृभाषा संरक्षणमा चूनौति भएकाले आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

‘देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ’

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया