शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

माओवादीले संसदमा आत्मसमर्पण गर्योः‍ अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले आत्मसमर्पण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् ।

‘प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।  माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भुमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्र बीच दुई बुँदे सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।