गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि

मुग्लिन (चितवन)- गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।
इच्छाकामनाका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् ।
“चितवनका तराई क्षेत्रमा गर्मी बढ्दो छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ”, पूर्वअध्यक्ष ढकालले भने ।
गर्मी बढेसगैँ मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका घरबास भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताए । उनले भने, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।”
उनका अनुसार गत बर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताए ।
हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए ।

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_UtwpuHRd7c_f0lzarrfyb9uzuflnkgnjrpetr2xt9j1ieajeujxyhupslcwzhti6ijbg9v3.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

प्रतिक्रिया