‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

लण्डन- बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खासैनिकका मागका सम्बन्धमा करिब एक वर्षपछि बेलायतीसँग वार्ता भएको छ ।
मागका सम्बन्धमा बिहीबार भएको वार्तामा बेलायती पक्षले सकारात्मक जवाफ दिएको यहाँस्थित नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए ।
उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक जवाफ दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठकमा बस्न सहमति जनाएको हो ।
“बेलायती पक्ष सकारात्मक छ । पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छ? लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ ”, उपप्रमुख दुवाडीले भने ।
गोर्खाभूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्तामा भूपूगोर्खाका हितका विषयमा मात्र छलफल गरेको बेलायती पक्षले यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता गरेको र पर्याप्त गृहकार्यका साथ अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया