इरानमाथि इजरायली हमला

तेहरान- इरानको राजधानी तेहरानको उत्तरपूर्वमा विस्फोट भएको छ ।
सरकारी समाचार एजेन्सी नूर न्यूजले सो बिष्फोटको पुष्टी गरेको हो ।
इजरायली वायुसेनाले इरानमा हमला गरेको एक्सियोस समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।
दुई अज्ञात अमेरिकी अधिकारीहरूले पनि इजरायलले इरानमा आक्रमण गरेको रोयटर्स समाचार एजेन्सीलाई बताएका छन् । अधिकारीहरूले भने कि वाशिंगटनले आक्रमणमा सहयोग नगरेको र थप विवरणहरू दिन अस्वीकार गरेको छ ।
इजरायली सेनाले अहिलेसम्म सार्वजनिक रूपमा आक्रमणको पुष्टि गरेको छैन। तर एक्सको एक पोष्टमा सेनाले इजरायलको नागरिक र सार्वजनिक सुरक्षा दिशानिर्देशहरूलाई ०३:०० आवश्यक गतिविधिमा परिवर्तन गरिएको घोषणा गरेको छ ।
इरान इन्टरनेशनलले केही तस्विरहरू सार्बजनिक गरेको छ, जहाँ घरमाथि लक्षित गरेर सो बिष्फोट गराइएको हो ।
विस्तृत विवरण आउन बाँकी छ ।

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

अहमदाबाद दुर्घटनामा बाँचेका एक मात्र यात्रुलाई भेटे मोदीले

इजरायली हमलामा मारिएका रिभोलुसनरी गार्ड्सका प्रमुख सलामी को हुन् ?

इजरायली हमलामा इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

प्रतिक्रिया