शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

प्रचण्ड र नेपालबी भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थीत माओवादी दलको कार्यालयमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोधका बिषयमा छलफल भएको नेताहरुले जनाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले संसद खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए। उनले बिपक्षी लगायत अन्य दलहरुसंग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।

सदनको गतिरोध खुलाउन माओवादीको दुई बुँदे ड्राफ्टमा समाजवादीले समेत सहमति जनाएको छ । भेटवार्तामा माओवादी उपमहासचिव बर्षमान पुन, शक्ति बस्नेत, हितराज पाण्डे र  समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरु समेत सहभागी थिए । 


((