शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा ५० वटा आउटलेट सञ्चालनमा  ल्याउने

काठमाडौँ- अढाइ दशक यता फलफुल व्यवसाय गर्दै आएको कँडेल फ्रुट्सले नयाँ कम्पनी फलफ्रुट्स ब्राण्डमा मुलुकभर ५० वटा आउटलेट विस्तार गर्ने भएको छ। सोल्टीमोड चोकस्थित फलफ्रुट्सको पहिलो आउटलेट सञ्चालनमा ल्याएको समुहले आउँदो ५ वर्षमा मुलुकभर आउटलेट संख्या ५० वटा पुर्याडउने व्यावसायिक योजना बनाएको सञ्चालक अग्नी कँडेलले बताए। 

सन् १९९९मा उनले सोह्रखुट्टे स्थित हालको फलफुलचोकबाट आफ्नो व्यवसाय सुरु गरेका हुन्।  

'दैनिक खानपिनमा फलफुलको भुमिका विशेष रहँदै आएको छ। हामीले ताजा र स्वास्थ्यकर फलफुल उपभोक्ताको घर घरमा पुर्यामउने उद्धेश्यले फलफ्रुट्समार्फत औपचारिक सेवा सुरु गरेका हौँ,'सञ्चालक कँडेलले भने,'फलफुल कृषक र उपभोक्तासँग नजिक रहि कृषि र पर्यटनलाई जोड्नु हाम्रो मुख्य उद्धेश्य हो।'

उनका अनुसार १० लाख रुपैयाँमै विस्तार गर्न सकिने एउटा आउटलेटमा ५ जनशक्तिले रोजगार पाउन सक्नेछन्। आउटलेट सञ्चालनमा इच्छुकका लागि कम्पनी आफैंले व्यवस्थापन गरिदिने योजना रहेको उनले जानकारी दिए। 

निकट भविष्यमा कम्पनीले आफ्नो सेवा उपभोक्ताको घरघरमै पुर्यायउनका लागि इ-कमर्स प्लाटफर्म प्रयोगमा ल्याउने उनले बताए। 

'हामी अहिलेको औपचारिक यात्रालाई ट्रायलका रुपमा लिएका छौँ। निकट भविष्यमा हामीले फ्रुट्स क्याफेको अवधारणा सहितको आउटलेट पनि सञ्चालनमा ल्याउने योजना बनाएका छौँ,'उनले भने,'स्वदेशमा बस्दा केहि नहुने निराशाजनक भाव हटाउने अभियानले यो सुरुवात गरेका हौँ।'

आउटलेटमा नेपालमै उत्पादन हुँदै आएको सिजनल फलफुललाई विशेष प्राथमिकतामा राखि उपभोक्तामाझ उपलब्ध गराउने उनले जानकारी दिए। यसका लागि मुलुकका विभिन्न क्षेत्रमा रहेका समुदायसँगको सहकार्यका लागि गृहकार्य सुरु भएको उनले बताए। 

'नेपालमै उत्पादन हुँदै आएको फलफुलले पर्यारप्त प्राथमिकता पाएको छैन। हाम्रो मुल उद्धेश्य नै नेपाली सिजनल फलफुल विक्रि वितरण गर्नु हो,'उनले भने,'यसका लागि हामीले गाउँ समुदायमा गएर फलफुल उत्पादन, व्यवस्थापन र विक्री साक्षरता अ अभियान सुरु गरिसकेका छौँ।