राष्ट्रिय रोजगार कार्यक्रममार्फत पदमार्ग र पोखरी निर्माण
_5etF0NShEN_vcu6u2yo5gykpqtafmdad6fwetenaeit9vdaiqj8lm01tlrfpfy9p51lesks_kxQi1Sinxk_sp8ad15wozvyse6odoki4hbxcblmjeg6jrjxy3lkpvhqsjgy5beimpjuf05x.jpg)
गलकोट (बागलुङ)- साबिक प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बागलुङ नगरपालिकाका ५३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कार्यक्रमअनतर्गत पालिकासँगको बजेट साझेदारीमा पदमार्ग र सिँचाइ पोखरी निर्माण तथा सडक ‘सोलिङ’ गरिएको छ ।
नगरपालिकामा गत आवमा सूचीकृत २३८ जना बेरोजगारीमध्येबाट चयन भएका उनीहरुले ३७ लाख ज्याला तथा १८ लाख ५० हजारको निर्माण सामग्रीबाट एक हजार ४०० मिटर पक्की पदमार्ग तथा चार सिँचाइ पोखरी र ३५० मिटर सडक सोलिङ गरेका हुन् ।
बागलुङ नगरपालिकाका रोजगार संयोजक रामचन्द्र्र गौतमका अनुसार यस वर्ष छ योजनाबाट तीन वटा सिँचाइ पोखरी, चार स्थानमा पदमार्ग ढलान तथा एक स्थानको सडक सोलिङ गरिएको छ । नगरपालिका–३ स्थित मध्यपहाडी लोकमार्गबाट तातोपानी जाने २५० मिटर पदमार्ग ढलान र कदमको बोट सिँचाइ पोखरी निर्माण भएको छ ।
बागलुङ नगरपालिका–५ मालिकाको ठूलाखोलादेखि बाँघबोटे मालिकाको २५० मिटर पदमार्ग ढलान तथा मौरीभिर, आँटीघर र पल्ला खोरियामा पोखरी निर्माण गरिएको थियो । साथै नगरपालिका–८ को ओख्रेनी चितेपानी देउपुजा कोट मन्दिरसम्मको ४५० मिटर पदमार्ग ढलान गरिएको छ ।

पोखरा महानगरद्वारा नगर ऊर्जा योजना सार्वजनिक
_AZ2TcUmxdC_xoaqv63x2vhelgdcqqso3curgobxt3dwmylkphgo6yylpvnwayboni2yanzg_uwZO1knmwC_v5qwi3epq6boc2dh8w5yjtbn5p6kk9mwobbmpmnohm2zkrdn62uwvschw3uc.jpg)
पर्वतमा चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

तनहुँमा दुई जना मृत फेला

प्रदेश अस्पतालमा एकैपटक बाह्र वटा प्रयोगशाला

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा
_kZxSzDUYwh_bgyu8iucvhgxoqgl3bhyyupegps4ccsuazwmgowud80vtebllrpqerbuixwb_PAF8z14DqL_prfex6xotzp0ag3pnw5yecf4gfhzosdwywozj8wcsww1ry4lzj9v98e4ne8s.jpg)
अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता

प्रतिक्रिया